देशका हिमाली भूभागमा हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको हल्का प्रभाव रहेको छ । आज मंगलबार बिहान सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ।
त्यस्तै, बाँकी भू–भागमा भने मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मंगलबार दिउँसो भने देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली हुनेछ । त्यस्तै, बाँकी भू–भागमा भने मौसम सामान्यतया सफा रहनेछ ।
त्यस्तै, प्रदेश–१, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । साथै देशको कर्णाली प्रदेशको हिमाली भू–भाग र बाँकी हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको समेत सम्भावना रहेको छ।
मंगलबार राति भने देशको पहाडी भू–भागमा भने आंशिक बदली हुनेछ । त्यस्तै, बाँकी भू–भागमा भने मौसम सामान्यतया सफा रहनेछ ।
त्यस्तै, प्रदेश–१ र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा हल्का वर्षाको समेत सम्भावना रहेको छ। त्यस्तै, सुदूरपश्चिम, कर्णाली, गण्डकी र प्रदेश–१ का हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको समेत सम्भावना भएको महाशाखाले जनाएको छ ।























