citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

 ग्लोबल आइएमई र बैंक अफ काठमान्डूको मर्ज प्रस्ताव पारित गर्न मंसिर २३ गते एजीएम

Prabhu Insurance Long Ad
nawakantipur long
broadway employment long

काठमाडौं । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमान्डू एक आपसमा मर्ज हुँदैछन् । यसको लागि दुवै बैंकले मंसिर २३ गते साधारण सभा बोलाएका छन् ।

जसमा ग्लोबल आइएमईको सिल्भर ओक बैंक्वेट एन्ड इन्भेष्ट सेन्टर, गैह्रीधारा काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ ।

यस्तै, बैंक अफ काठमान्डूको सभा त्रिभुवन आर्मि अफिसर्स क्लब, काठमाडौंमा बिहान १० बजे सुरु हूनेछ ।

सभाले मर्जर प्रयोजनको लागि स्वाप रेसियो प्रस्ताव पनि पारित गर्नेछ । दुवै बैंक १ः१ अनुपातमा मर्ज हुन थालेका हुन् ।

दुवै एक भएपछि बैंकको नाम ग्लोबल आइएमई बीओके बैंक राख्ने प्रस्ताव पनि सभामा पेश हुँदैछ । हाल ग्लोबल आइएमई र बैंक अफ काठमान्डूको सेयर कारोबार रोक्का भएको छ । दुवै बैंकको असार २ गतेदेखि सेयर कारोबार रोक्का भएको हो ।

हाल ग्लोबल आइएमईको चुक्ता पुँजी २३ अर्ब ७९ करोड रुपैयाँ छ भने बीओकेको १० अर्ब ६२ करोड रुपैयाँ छ । मर्जपछि बैंकको चुक्ता पुँजी ३४ अर्ब ४१ करोड रुपैयाँ पुग्नेछ ।

himalayan life insurance
igi long