एनएमबि क्यापिटल इस्टर्न हाइड्रोपावरको सेयर रजिष्ट्रारमा नियुक्त
काठमाडौं । इस्टर्न हाइड्रोपावरको सेयर रजिष्ट्रारको काम एनएमबि क्यापिटल लिमिटेडमार्फत हुने भएको छ ।
हाइड्रोपावरको सेयरसम्बन्धी कारोबारको रेकर्ड राख्ने, दाखिला खारेज, नामसारी, रोक्का राख्ने लगायतका सम्पूर्ण कार्यहरु अब एनएमबि क्यापिटलले गर्नेछ ।
यो हाइड्रोपावरले केही समयअघि मात्र आइपीओ जारी गरेको हो । नेप्सेमा यसको सेयर सूचीकृत हुन बाँकी छ ।


























