citizens life insurance long ad
stcnepal long ad

सिटिजन्स बैंकको राइनास नगरपालिकामा विस्तारित काउण्टर सेवा सुरु

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सेवागा्रहिको बढ्दो चाप र बिस्तारित बैंकिङ्ग सेवाको आवश्यकताहरुलाई मध्यनजर राख्दै आफ्नो दोस्रो विस्तारित काउण्टर राइनास नगरपालिका वडा नं ४, सातबिसे बजार, लमजुङमा आज कार्तिक २७ गतेदेखि भोटेवडार शाखाको मातहतमा रहनेगरी उक्त विस्तारित काउण्टर सेवा संचालनमा ल्याएको छ ।

यस अघिनै बैंकले मकवानपुर जिल्लामा रजैया विस्तारित काउण्टर सेवा संचालनमा ल्याई सकेको छ । सुविधा सम्पन्न यस विस्तारित काउण्टर मार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवा प्रदान गर्ने लक्ष्य बैंकले राखेको छ ।

सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, रेमिटेन्स सम्बन्धीको सेवाहरु लगायतका वित्तीय सेवाहरु छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा ग्राहकहरुलाई प्रदान गर्ने प्रतिबद्धता बैंकले जनाएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १८० वटा शाखा, २ वटा विस्तारित काउण्टर, १३३ वटा ए.टि.एम. र ९६ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव १५ लाख हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

IME Life
kumari