sanima
shangrila development bank Long Ad
nabil bank
himalayan life insurance long ad

केन्द्रीय आचारसंहिता अनुगमन समितिका निर्णयहरू यस्ता छन्

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनको सन्दर्भमा आज २०७९ कात्तिक २७ गते केन्द्रीय आचारसंहिता अनुगमन समितिका संयोजक माननीय आयुक्त रामप्रसाद भण्डारीको संयोजकत्व एवं प्रमुख निर्वाचन आयुक्त माननीय दिनेशकुमार थपलिया तथा आयुक्त माननीय इश्वरीप्रसाद पौडेलको उपस्थितिमा बसेको बैठकले निम्नानुसारका निर्णयहरू गरेको छ ।

१, निर्वाचन आचारसंहिता, २०७९ पालना गर्नुपर्ने दायित्व भएका नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह अन्तर्गतका निकाय, अर्धसरकारी निकाय तथा सार्वजनिक संस्था, सरकारी वा अर्धसरकारी निकायबाट सञ्चालित परियोजना, विकास समिति जस्ता निकायमा कार्यरत कर्मचारी, सुरक्षाकर्मी तथा विद्यालय वा विश्वविद्यालयका शिक्षक, प्राध्यापक, कर्मचारी लगायत निर्वाचनको काममा संलग्न कर्मचारीले निर्वाचन आचारसंहिता विपरितको काम कारबाही गरेको अवस्थामा जोसुकैलाई तत्काल स्पष्टीकरण सोधी कारवाही अघि बढाउन जिल्ला आचारसंहिता अनुगमन समितिलाई निर्देशन दिने ।

२, राजनीतिक दल तथा उम्मेदवारले निर्वाचन आचारसंहिताको पालना तथा सो सम्बन्धमा गरेका सबै क्रियाकलापहरु र निर्वाचनमा खर्च गर्दा आयोगले तोकेको सीमा भित्र रही खर्च गरे नगरेको विषयमा सूक्ष्म अनुगमन गरी प्रत्येक दिन साँझ ७:०० बजे भित्र छिटो साधनद्वारा जिल्लास्थित कार्यालयमा र जिल्लास्थित कार्यालयले आयोगको संयुक्त निर्वाचन सञ्चालन केन्द्र (JEOC) मा प्रतिवेदन पठाउन निर्वाचन आचारसंहिता, २०७९ को दफा ४२ बमोजिम गृह मन्त्रालय मार्फत नेपाल प्रहरी र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मार्फत राष्ट्रिय अनुसन्धान विभागलाई लेखी पठाउने ।

३, आफ्नो कार्यक्षेत्र भित्रको कुनै पनि स्थानमा कुनै उम्मेदवार वा राजनीतिक दलले अस्वाभाविक गतिविधि गरेको, भोजभतेर गरेको, हातहतियार वा निषेधित पदार्थ लिई हिंडेको, शान्ति भङ्ग गर्ने कुनै कार्य गरेको, निर्वाचनलाई प्रतिकूल प्रभाव पार्ने उद्देश्यले कुनै कार्य गरेको वा गर्न लगाएको, कसैलाई डर त्रास, धाक धम्की प्रलोभन दिने जस्‍ता कार्य गरेको लगायतका क्रियाकलाप भए गरेको पाइएमा निगरानी राखी तत्काल जानकारी गराउने र कारबाही गर्नु पर्ने विषयमा तत्काल कारबाही प्रारम्भ गर्न जिल्ला आचारसंहिता अनुगमन समिति, निर्वाचन अधिकृत र अनुगमन अधिकृतलाई निर्देशन दिने ।

४, निर्वाचनको प्रचार प्रसार निषेध भएको अवधि (मतदान शुरु हुने दिन भन्दा अठ्चालीस घण्टा अघि देखि मतगणनाको काम पूरा नभएसम्म) मा मादक पदार्थ बिक्री वितरण र सेवन गर्न निषेध गर्न र प्रचलित कानून बमोजिम जफत गर्नु पर्ने भए जफत गर्न समेत गृह मन्त्रालय मार्फत नेपाल प्रहरीलाई निर्देशन दिने ।

५, अनुगमन अधिकृत र जिल्ला आचारसंहिता अनुगमन समितिलाई हाल सम्म प्राप्त भएको आचारसंहिता उल्लङ्घन सम्बन्धी उजुरी र सो सम्बन्धमा सोधेको स्पष्टीकरण, हालसम्म भएको उजुरीको फर्छयौट र कारबाहीको अवस्था सहितको प्रगति विवरण ३ दिनभित्र केन्द्रीय आचारसंहिता अनुगमन समिति वा आयोगमा पठाउन निर्देशन दिने।

६. निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ को दफा २४ को उपदफा (५) बमोजिम तथा निर्वाचन आचारसंहिता, २०७९ को दफा १७ बमोजिम मतदान हुने दिनको अघिल्लो अठ्चालिस घण्टा देखि मतगणनाको काम पूरा नभएसम्म निर्वाचन प्रचार प्रसार सम्बन्धी कुनै पनि गतिविधि गर्न नपाइने विषयमा राजनीतिक दल तथा उम्मेदवारलाई जानकारी गराई उक्त व्यवस्थाको पूर्ण पालना गर्न गराउन जिल्ला आचारसंहिता अनुगमन समितिलाई निर्देशन दिने ।

prabhu bank
nawakantipur long