stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

रकम हिनामिनामा संलग्नको उम्मेदवारी खारेजी गर्न माग

सहकारीको ४३ करोड हिनामिना प्रकरण

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

नेपालगन्जको । नेपालगन्जको सहकारी वित्तीय विकास संस्थामा बचतकर्ताले जम्मा गरेको ४३ करोड रुपैयाँ अपचलन भएको तीन वर्ष भन्दा बढी भइसकेको छ ।

आफूहरूले जम्मा गरेको रकम हिनामिना हुँदा निम्न वर्गिय बचतकर्ता पीडामा छन् । छोरीको बिहेका लागि भन्दै बचत गरेको ११ लाख रुपैयाँ सहकारीले हिनामिना गरेपछि नेपालगन्जकी बचतकर्ता मालती कहार आर्थिक र मानसिक पीडामा भएको बताउँछिन् ।

‘आफूले खाई नखाई गरी छोरीको विवाहका लागि सहकारीमा रकम जम्मा गरेकी थिएँ’ उनले भनिन्, ‘ सहकारीका  कर्मचारी र सञ्चालकको मिलेकतोमा हामी गरिवको रकम हिनामिना गरियो ।’

उनले जीवनभरी कमाई गरेको रकम डुबेको भन्दै रकम दिलाइदिन माग गरिन् । उनीजस्तै नेपालगन्ज(१ धम्बोजीकी माया पासीले गरिवको सहाराका लागि खोलिएको भन्दै प्रचार गरेको सहकारीले आफूहरूजस्ता निम्म वर्गिय परिवारलाई उठीबास लगाएको बताइन् । यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।

 

prabhu mahalaxmi
kumari