मिर्मिरे लघुवित्तको पहिलो त्रैमासमा २ करोड ८२ लाख रुपैयाँ खुद नाफा

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २ करोड ८२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको तुलनामा नाफा ४९.३८ प्रतिशतले थोरै हो । गत वर्ष यसले ५ करोड ५८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
यता, कम्पनीको यसको खुद ब्याज आम्दानी भने ३.६० प्रतिशतले बढेको छ । तर, यसको सञ्चालन नाफा भने ४९.३९ प्रतिशतले घटेको छ ।
यसले गर्दा नाफा प्रभावित हुन पुगेको छ । यता, नाफासँगै लघुवित्तका प्रतिसेयर आम्दानी पनि घटेको छ ।
गत वर्ष ५८ रुपैयाँ ५८ पैसा प्रतिसेयर आम्दानी रहेको यसको यो त्रैमाससम्म आईपुग्दा ३७ रुपैयाँ ३४ पैसाले घटेर २१ रुपैयाँ २८ पैसामा झरेको छ ।
हाल चुक्ता पुँजी ५३ करोड १२ लाख रुपैयाँ रहेको यस मिर्मिरेको जगेडा कोषमा ३० करोड ३१ लाख रुपैयाँ छ । यसको खराब कर्जा भने २ प्रतिशतबाट बढेर ३.४७ प्रतिशत भएको छ ।