stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

कुमारी बैंकका ग्राहकले द हिमालयन गृल बाइ बाजेको रेस्टुरेन्टमा छुट पाउने

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । कुमारी बैंकका ग्राहकले द हिमालयन गृल बाइ बाजेको रेस्टुरेन्टमा छुट पाउने भएका छन् । कुमारी बैंक लिमिटेड र काठमाडौँको वडा न १०, टोखा स्थित “द हिमालयन गृल बाइ बाजेको” बीच ग्राहकलाई सेवाहरुमा छुट दिने सम्झौता भएको हो ।

सम्झौतापत्रमा रेस्टुरेन्टको तर्फबाट संचालक मौसम कुमार श्रेष्ठ र बैंकको तर्फबाट रिटेल बैंकिङ्ग प्रमुख अन्जना मिश्रले हस्ताक्षार गरेकी छिन् ।

सम्झौता अनुसार कुमारी बैंकका डेबिटरक्रेडिट कार्ड वा क्युआर मार्फत भुक्तानी गर्दा ग्राहकले विशेष छुट पाउने छन् ।

बैंकका अनुसार कुमारी बैंकका डेबिटरक्रेडिट कार्ड वाहकहरु वा क्युआर प्रयोगकर्ताहरुले रेस्टुरेन्टको टोखा आउटलेटमा विभिन्न सेवा सुविधाको शुल्कमा १५ प्रतिशत सम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

हालसम्म कुमारी बैंकले ९९ शाखा सञ्जाल, १९५ एटिएम, ५९ शाखारहित बैंकिङ्ग ईकाई तथा ३४ एक्सटेनसन काउन्टरबाट सेवा प्रदान गर्दै आएको छ ।

 

prabhu mahalaxmi
kumari