stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

‘इन्टेग्रिटी आइकन–२०२२’ बाट पाँच उत्कृष्ट कर्मचारी सम्मानित, खाद्यका महर्जनलाई सिम्बोल अफ डेडिकेसन

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । यस वर्षको ‘इन्टेग्रिटी आइकन नेपाल(२०२२’ बाट पाँच जना सरकारी कर्मचारीहरू सम्मानित भएका छन् ।

प्रशासन क्षेत्रमा काम गर्दै आएका कर्मचारीको कामको मूल्याङ्कनका आधारमा उत्कृष्ट पाँच कर्मचारीलाई इन्टेग्रिटी आइकन घोषणा गर्दै आएको एकाउन्ट्याबिलिटी ल्याब नेपालले सम्मान गरेको हो ।

सम्मानित हुनेमा सडक विभागका इन्जिनियर कल्पना अधिकारी, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका वरिष्ठ कृषि अनुसन्धान अधिकृत, मोहनकृष्ण महर्जन, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तरगत लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण शाखा प्रमुख रोशनी देवी कार्की, सीमा प्रशासन कार्यालय, नाम्चेमा कार्यरत शाखा अधिकृत, सुजन कुमारी बर्देवा, र जिल्ला प्रहरी कार्यालय सर्लाही अन्तरगत प्रदेश अस्पताल सर्लाहीमा कार्यरत प्रहरी हवल्दार राजेश साह जयसवाल रहेका छन् ।

पाँच जना आईकन सार्वजनिक भइसकेपछि उनीहरूलाई चिनाउन र यस अभियानमा आम नागरिकलाई सहभागी गराउन सामाजिक सञ्जालहरूबाट विभिन्न अभियानहरू सञ्चालन गर्नुका साथै जिल्ला स्थित सञ्जाल पनि परिचालन गरिएको थियो । सेवाग्राहीको सुझावको आधारमा पाँचै जनालाई छुट्टाछुट्टै टाइटलबाट अवार्ड गरिएको थियो ।

जस अन्तरगत, अधिकारी लिड बाई एक्जाम्पल, महर्जन सिम्बोल अफ डेडिकेसन कार्की भ्वाईस अगनेष्ट इनजस्टिस, बर्देवा प्राक्टिकल इन एक्सन र साह ग्राउण्डेड वीथ भेल्यूज टाइटलबाट सम्मान गरिएको एकाउन्ट्याबिलिटी ल्याब नेपालले जनाएको छ ।

अकाउन्ट्याबिलिटी ल्याब नेपालका प्रमुख कार्यकारी अधिकृत नारायण अधिकारीले नेपालको सार्वजनिक प्रशासनमा रहेर सेवाग्राहीप्रति उत्तरदायी जन सेवकलाई विगत नौ वर्षदेखि आइकनको रूपमा पुरस्कृत गर्दै आएको बताए ।

केही दिन अघि मात्रै इन्टेग्रिटी आइडल नेपाल(२०२२ का उत्कृष्ट पाँच कर्मचारीको नाम सार्वजनिक गरिएको थियो ।

prabhu mahalaxmi
kumari