stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

थप दुई जनामा कोभिड सङ्क्रमण भेटिएसंगै सङ्क्रमितको सङ्ख्या ५९ पुग्यो

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल २०७७ वैशाख १९ गते शुक्रबार

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले थप दुई जनामा कोभिड–१९ को सङ्क्रमण भेटिएको जनाएको छ ।

मन्त्रालयका अनुसार टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षणका क्रममा रुपन्देहीका २५ र नेपालगञ्ज बाँकेका ६० वर्षीय पुरुषमा सो सङ्क्रमण देखिएको मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिनुभयो ।

डा अधिकारीका अनुसार संक्रमण देखिएका दुवैजनाको अवस्था सामान्य रहनुको अलावा स्वास्थ्यकर्मीको निगरानीमा रहेको बताउनुभयो । नेपालमा सङ्क्रमितको सङ्ख्या ५९ पुगेको छ भने १६ जना सङ्क्रमित उपचार पछि घर फर्किसकेका छन् ।

prabhu mahalaxmi
kumari