stcnepal long ad
global ime bank long

अशक्तहरुको वारेस बनेर मत हाल्नेहरुप्रति चनाखो बन्न प्रमुख निर्वाचन आयुक्तको निर्देशन

'झुक्याएर मतदान गरे गम्भीर कसुरमा कारबाही हुने चेतावनी'

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले दृष्टिबिहीन, शारीरिक अशक्तता वा अन्य कारणले मतदान गर्न नसक्ने मतदाताहरुका वारेसहरुप्रति चनाखो हुन निर्देशन दिनुभएको छ ।

अशक्तहरुको नाममा कुनै उम्मेदवार वा राजनीतिक दलको प्रतिनिधिले वारेस बनी मतदान गर्नसक्ने भन्दै उहाँले चनाखो हुन निर्देशन दिनुभएको हो ।

उहाँले गत स्थानीय तहको निर्वाचनमा आफैं मतदान गर्नसक्ने मतदाताहरुले समेत आफू अशक्त भएको बहाना बनाइ अरुमार्फत मतदान गराएका केही उदाहरण आएकाले त्यसप्रति सचेत रहन आग्रह गर्नुभयो ।

उम्मेदवारको दबावमा कतिपय सक्षम मतदाताले पनि आफू अशक्त भएको बहाना बनाउने गरेको भन्दै त्यसो गर्नु गम्भीर कसुर ठहरिने उहाँले बताउनुभयो ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले मतदान स्थलको सम्पूर्ण व्यवस्थापन गर्दा अपाङ्ग, सुत्केरी, ज्येष्ठ  नागरिक, बिरामी, अशक्तहरुलाई सहज पहुँचको सुनिश्चितता गर्न पनि निर्देशन दिनुभएको छ ।

गर्भवती, सुत्केरी, अशक्त, ज्येष्ठ नागरिक, बिरामी, क्रियापुत्री, बालबालिका बोकेका महिलाहरु र अपाङ्गता भएकाहरुलाई विशेष प्राथमिकता दिनुपर्ने पनि उहाँले बताउनुभयो ।

उहाँले दृष्टिबिहीन र शारीरिक अशक्त भएका कुनैपनि कारणले मत संकेत गर्न नसक्ने मतदाताहरुले आफ्नो साथमा लिइ आएको आफ्नो घर परिवारको व्यक्तिलाई मतदान कक्षमा जानको लागि अनुमति दिनपनि आग्रह गर्नुभयो ।

प्रमुख आयुक्त थपलियाले मतदान स्थलमा आवञ्छित क्रियाकलाप गरेर मतदाता प्रभावित गर्नेतर्फ पनि सचेत रहेको बताउनुभएको छ ।

उहाँले यो पटक निर्वाचन आयोगले मतदानको दिनसमेत आवश्यक व्यवस्थासहित नियन्त्रित र व्यवस्थित ढंगले सवारी साधनलाई पनि सञ्चालन गर्नेगरी आवश्यक प्रवन्ध गर्ने र गम्भीर प्रकृतिका अशक्त, ज्येष्ठ नागरिक लगायतका मतदाताहरुलाई सकेसम्म मतदान केन्द्रसम्म जान र फर्किनको निम्ति आवश्यक समन्वय गरी सवारी साधनको आवश्यक प्रवन्ध गरिदिन पनि आग्रह गर्नुभयो ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले सबै मतदातालाई सहज ढंगले मतदान गर्ने अवस्था सिर्जना गरी यस पटकको निर्वाचन लैङ्गिक, समावेशी र अपाङ्गतामैत्री दृष्टिकोणबाट नमूना मतदान भएको छ भन्ने स्थापित गर्नेगरी काम गर्न पनि सम्बन्धित पक्षहरुलाई आग्रह गर्नुभयो ।

IME Lifesidebar
kumari