stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

मोबाइल लुटपाट गरेको अभियोगमा पक्राउ

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल २०७७ वैशाख १७ गते बुधबार

काठमाडौं । मोबाइल लुटपाट गरेको अभियोगमा बुढानिलकण्ठ नगरपालिका-३ देउवा चोक घर भएका १९ वर्षीय अनिस सुनार सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

उनीहरुले सोही नगरपालिका-६ सेराफाँट बस्ने एक व्यक्तिको मोबाइल लुटी फरार भएको भन्ने खबर प्राप्तहुनासाथ महानगरीय प्रहरी प्रभाग बुढानिलकण्ठबाट खटिएको प्रहरीले सोही नगरपालिका-४ पञ्चकन्या मन्दिरमा लुकीछिपि बसेको अवस्थामा फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरुको साथबाट लुटेको उक्त मोबाइल १ थान, नियन्त्रित लागूऔषधस्पास्मो १२ चक्की, प्रगस्थर १२ ट्याब्लेट, अवैध लागूऔषध चरेश करिब १० ग्राम, र नगद ३ हजार रुपैयाँ समेत प्रहरीले बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

prabhu mahalaxmi
kumari