citizens life insurance long ad
stcnepal long ad

अझै खुलेन अवरुद्ध ग्रामीण सडक

Nimb long ad
Prabhu Insurance Long Ad

बागलुङ । निसीखोला गाउँपालिकाले सातवटै वडाको बस्ती–बस्तीमा सडक पु¥याएको छ । हिउँदको समयमा सडक चले गरे पनि वर्षात्को समय ठप्पै हुन्छन् ।

गत असार महिनादेखि अवरुद्ध भएका यहाँका ग्रामीण सडक अहिलेसम्म सञ्चालनमा आएका छैनन् । चार महिनादेखि अवरुद्ध सडक सञ्चालन नहुँदा स्थानीयवासीले सास्ती खेप्नुपरेको छ ।

गाउँदेखि बजार पुग्न पैदल नै हिँड्नुपर्छ भने उपभोग्य सामान पनि बोकेरै गाउँ पु¥याउनुपर्ने अवस्था छ ।

गाउँपालिकाको वडा नं ३, ४ र ७ का केही गाउँ पुग्ने सडकमा पहिराले कम क्षति पु¥याएको हुँदा सञ्चालनमा आए पनि दर्जन बढी अझै अवरुद्ध नै रहेको स्थानीय दिलबहादुर विकले जानकारी दिए । उनले असारदेखि बन्द भएको सडक अवरुद्ध हुँदा सामान ओसारपसारमा समस्या भएको गुनासो गरे ।

दसैँअगावै सडक सञ्चालन हुने अपेक्षा गरे पनि तिहार नजिकिँदासमेत खुल्ने सुरसार नभएको उनको भनाइ छ ।

निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीमगरले दसैँअगाडि नै सडक खुलाउन थाले पनि वर्षाका कारण समस्या भएको बताए । उनले वर्षा रोकिएपछि सडक खुलाउने प्रसास गरिरहेको बताए ।

IME Life
kumari