citizens life insurance long ad
stcnepal long ad

आज कार्तिक ४ गते हिमालयन रिइन्स्योरेन्सको दोस्रो वार्षिक साधारण सभा

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । हिमालयन रिइन्स्योरेन्स कम्पनीको दोस्रो वार्षिक साधारण सभा आज कार्तिक ४ गते हुँदैछ । कम्पनीको असोज ३ गते बसेको संचालक समितिको बैंठकले उक्त सभाको मिति तय गरेको हो ।

उक्त साधारण सभा होटल अलफ्ट ठमेल काठमाडौंमा विहान ११ बजे आयोजना गर्ने भएको हो ।

साधारण सभाले संचालक समितिको तर्फबाट आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्नेछ । आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षकको प्रतिवेदन सहितको वासलात नाफा नोक्सान हिसाब नगद प्रवाह विवरण सहितका अनुसूचिहरुमाथि छलफल गरी पारित गर्नेछ ।

त्यस्तै, सभाले आर्थिक वर्ष २०७८/२०८० को लागि लेखापरीक्षकको नियुक्ति निजको पारीश्रमिक तोक्ने एजेण्डा पनि पारीत गर्नेछ । संचालकको पारीश्रमिक र भत्ता तोकिने कम्पनीले जनाएको छ ।

त्यसैगरी सभाले कम्पनीको प्रबन्धपत्र र नियमावली थप संशोधन गर्ने, सो कार्य गर्नका लागि संचालक समितिलाई पुर्ण अख्तियारी प्रदान गर्ने, नियामक निकायबाट प्रबन्धपत्र तथा नियमावलीमा कुनै संशोधन वा फेरबदन गर्नुपर्ने निर्देशन आएमा सो सम्बन्धी कार्य गर्न संचालक समितिलाई अख्तियारी दिने प्रस्ताव अनुमोदन गर्नेछ ।

 

IME Life
kumari