citizens life insurance long ad
stcnepal long ad

कात्तिक ४ गते  गुराँस लाइफ इन्स्योरेन्सको साधारण सभा 

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । कात्तिक ४ गते शुक्रबार गुराँस लाइफ इन्स्योरेन्सको वार्षिक साधारण सभा बस्ने भएको छ । सभामा कम्पनीले सेयरधनीलाई ७.४४ प्रतिशत बोनस सेयर र कर तिर्न ०.३९ प्रतिशत नगद गरी कुल ७.८३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।

यसैगरी, प्राइम लाइफ इन्स्योरेन्स र यूनियन लाइफ इन्स्योरेन्स सँग मर्जर सम्बन्धि प्रारम्भिक सम्झौता पत्रको मस्यौदा स्वीकृत गर्ने एजेन्डा पनि रहेको छ ।

साथै, सभामा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा पनि छलफल हुनेछ । त्यस्तै, आर्थिक वर्ष २०७७/७८ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ ।

सभा प्रयोजनका लागि कम्पनीले असोज २६ गते बुक क्लोज गरिसकेको छ । असोज २५ गतेसम्म कायम रहेका सेयरधनी मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् । सभा कम्पनीको प्रधान कार्यालय, राज भवन, तीनकुने, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।

IME Life
kumari