stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

कैलाश एक्वायर गरेको प्राइम बैंकको नाफामा उत्साहजनक वृद्धि

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल २०७७ वैशाख १७ गते बुधबार

काठमाडौँ ।  प्राइम कमर्सियल बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा २ अर्ब ३ करोड ६ लाख ७५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको भन्दा ३१.१८% ले बढी हो । चैत मसान्तसम्म आइपुग्दा बैंकको वितरण योग्य नाफा भने घटेको छ । बैंकको सञ्चालन नाफा र खुद ब्याज आम्दानी दुवै बढेकाले खुद नाफा बढ्न टेवा पुगेको हो । खुद ब्याज आम्दानी र सञ्चालन नाफा क्रमशः २८.४१% र ३१.६९% ले बढेको छ ।

बैंकले कन्काई विकास बैंक र कैलाश विकास बैंकलाई एक्वायर गरेका कारण चुक्ता पूँजीमा आकर्षक वृद्धि भएको छ । तर बैंकको प्रतिसेयर आम्दानी भने दबाबमा परेको छ । बैंकको प्रतिसेयर आम्दानी ६ रुपैयाँ ३३ पैसाले घटेर १९ रुपैयाँ ३६ पैसामा सीमित भएको छ ।

prabhu mahalaxmi
kumari