stcnepal long ad
ime life insurance
national life
global ime bank long

लकडाउनमा कर्मचारीले सार्वजनिक बिदा सरह सुविधा पाउने बारे सूचना राजपत्रमा प्रकाशित

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल २०७७ वैशाख १६ गते मंगलबार 

काठमाडौँ । लकडाउन अवधिभर कार्यालयमा उपस्थित हुनु नपर्ने कर्मचारीले सार्वजनिक बिदा सरह सुविधा पाउने बारे सरकारले गरेको निर्णय राजपत्रमा प्रकाशित भएको छ ।

गत वैशाख २ गतेको मन्त्रिपरिषद्को निर्णय अनुसार ‘सम्पूर्ण सरकारी कार्यालय निकाय तथा उद्योगले बिदा दिएका कर्मचारी र श्रमिकको हकमा खाइपाइ आएको तलब, भत्ता पाउने गरी त्यसरी बिदा दिएको अवधिलाई कार्यालय प्रमुखले सार्वजनिक बिदा कायम गर्ने’ उल्लेख गर्दै सो को सूचना नेपाल राजपत्रमा प्रकाशित गर्नुपर्ने जनाइएको थियो ।

सोही अनुसार सोमबार गृह मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गरेको हो ।

राजपत्रमा भनिएको छ ‘सरकारी कार्यालय, निकाय वा उद्योगले बिदा दिएका कर्मचारी वा श्रमिकको हकमा खाइपाइ आइको तलब, भत्ता पाउने गरी त्यसरी बिदा दिएको अवधिलाई सम्बन्धित कार्यालय प्रमुखले सार्वजनिक बिदा कायम गर्ने निर्णय गरेको यो सूचना प्रकाशित गरिएको छ ।’

IME Lifesidebar
kumari