citizens life insurance long ad
macchha(MBL)
stcnepal long ad
Himalayan bank
global bank

डिजिटल प्रणालीः कारोबार संख्या घट्दै, भुक्तानी बढ्दै

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल २०७७ वैशाख १६ गते मंगलबार 

काठमाडौं । लकडाउनको बेला नेपाल राष्ट्र बैंकले प्रोत्साहन गरेजस्तै डिजिटल कारोबार बढ्दै गएको छ । आर्थिक गतिविधिलाई डिजिटाइज गर्न राष्ट्र बैंकले केहि वर्षअघिदेखि नै कार्यक्रम अघि सारेका थियो । अहिले डिजिटल  युजर निक्कै बढेको नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बताए ।

‘लकडाउनको बेलामा यसको प्रयोग अझ बढी भएको पाइएको छ,’ उनले भने ‘हामी कहाँ प्रर्याप्त नयाँ प्रविधि विस्तारित नभए पनि अहिले भएको प्रयोगलाई राम्रो मान्नु पर्छ ।’ यस अर्थमा हामीले यो प्रविधिका निकै फड्को मारेका छौं । डिजिटल भुक्तानी उपकरण सञ्चालनका लागि अझै धेरै पूर्वाधारहरू तयार पार्न बाँकी नै छ ।’

लकडाउनको बेलामा अन्य क्षेत्रका कारोबार भन्दा ग्रोसरीमा डिजिटल कारोबार बढेको राष्ट्र बैंक भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक रेवतीप्रसाद नेपालले बताए । ‘लकडाउनका कारण पहिले एक साताका लागि खाद्यान्न किन्ने ग्राहकले महिना डेढ महिनालाई पुग्ने खाद्यान्नमा एक्कै पटक खरिद गर्न थालेको पाइएको छ ।’

अन्य मार्टहरू बन्द भएको र भाटभटेनीमात्र खुलेकोले पनि भाटभटेनीमा ग्रोसरी (खाद्यान्न) सामग्री खरिद गर्न भने प्राय डिजिटल भुक्तानी प्रयोग हुन थालेको छ । कागजी नोटबाट कोरोना संक्रमणको जोखिम बढी भएकोले पनि कार्डबाट भुक्तानी गरेको भाटभटेनीमा सामान खरिद गर्न आएका बालुवाटारका रामहरि शर्माले बताए ।

‘नगद कारोबारमा रिक्स बढेपछि डिजिटल प्रविधिमार्फत भुक्तानी गरेको हुँ,’ उनले भने ‘यसअघि धेरैजसो नगदै कारोबार गथेँ ।’ पटक पटक आउनुभन्दा एक सातालाई पुग्ने फलफूल किनेको छु । अन्य सामान करिब एक महिनालाई नै पुग्ने उनले सुनाए ।

डिजिटल प्रविधिबाट भुक्तानी गर्न अहिले मुद्रा बजारमा एप्स तथा पेमेन्ट गेटवे प्रयोगमा छन् । तर, यी सबै प्रणालीबाट हुने कारोबारको तथ्यांक भने एकृकीत गर्न भने वाँकी नै रहेको राष्ट्र बैंकले जानकारी दिएको छ । लकडाउनको यो समयमा बैंक तथा वित्तीय संस्थाबाट हुने कारोबार घटेर १५ प्रतिशतमा सीमित भएको कार्यकारी निर्देशक नेपालले बताए ।

उनका अनुसार  बैंकहरू निश्चित समयमात्र खुलेका छन् । लकडाउनले कोही बाहिर निस्कन पाएका छैनन् । उद्योगधन्दा व्यापार व्यवसाय सबै बन्द छन् ।

लकडाउनका कारण अन्य बैंक तथा वित्तीय संस्थाबाट हुने अन्य कारोबार न्यून भएसँगै रियल टाइम ग्रस पेमेन्ट सिस्टम (आरटीजीएस) मार्फत हुने कारोबार समेत घटेको छ । यद्यपि, कारोबार घटेपनि भुक्तानी रकम भने बढेको नेपालले बताए । ‘सामान्य समयमा आरटीजीएसमार्फत करिब १२ सय कारोबारबाट ४० देखि ४५ अर्बसम्म रकम भुक्तानी हुन्थ्यो,’ नेपालले भने ‘अहिले कारोबार खुम्चिएर १५० देखि १६० को हाराहारीमा भएको छ ।’ कारोबार रकम भने १० देखि १२ अर्बजति हुने गरेको छ ।

नेपाल राष्ट्र बैंकले माघसम्मको तथ्यांक अनुसार ९८ लाख ६ हजार २३७ मोबाइल बैकिङ, नौ लाख ६९ हजार  ५५ इन्टरनेट बैंकिङ ग्राहक छन् । त्यस्तै ७२ लाख १५ हजार ६४६ डेविट कार्ड होल्डर, १ लाख ४६ हजार ८५६ क्रेडिट कार्ड होल्डर र ६३ हजार ७७५ प्रिमेड कार्ड प्रयोग कर्ता रहेका छन् ।

           

टेलिकमका रिचार्ज कार्ड प्रयोग कर्ता घटे, डाटा युजर बढे

डकडाउन भएसँगै रिचार्ज कार्ड प्रयोगकर्ता घटेका छन् । रिचार्ज कार्ड प्रयोग घटे पनि डाटा प्याक लिनेको संख्या र ब्याण्डविथ प्रयोगकर्ता भने बढेका छन् । लकडाउनको यो अवधिमा करिब २० प्रतिशतले रिचार्ज कार्ड प्रयोगकर्ता घटेको नेपाल टेलिकमका प्रवक्ता राजेश जोशीले बताए । ‘रिचार्ज कार्ड प्रयोगकर्ता घटेपनि अनलाइनबाट रिचार्ज गर्ने तथा डाटा लिने भने बढेका छन्,’ उनले भने ‘व्याण्डविथ प्रयोगकर्ता र डाटा प्याक लिनेहरू यो अवधिमा २० प्रतिशतले बढेका छन् ।

‘यो अवधिमा अनलाइनबाट रिचार्ज गर्ने बढी देखिएका छन्,’ उनले थपे ‘यति नै बढ्यो भनेर भन्न सक्ने अवस्था भने अहिले नै छैन ।’ विभिन्न वालेटबाट रकम भुक्तानी भइरहेको हुन्छ । यसको कम्पायल हुन वाँकी नै छ ।’  यो अवधिमा अनलाइनबाट मोबाइल बैकिङ, इन्टरनेटको प्रयोगबाट हुने कारोबार, कार्डको प्रयोग, डिजिटल बालेट सहितको प्रविधिको प्रयोग गर्न आम ग्राहक उत्साहित भएको बताइएको छ ।
एनसेलको टाडा युजर ३४ प्रतिशतले बढे

निजी क्षेत्रको दूर सञ्चार सेवा प्रदायक कम्पनी एनसेलको भने लकडाउनको अवधिमा डाटा युजर भने बढेको छ । एनसेलका अनुसार यो अवधिमा ३४ प्रतिशतले डाटा युजर बढेका हुन् । यो अवधिमा रेभिन्यू भने घटेको छ ।

एनसेलले आम ग्राहकलाई दिएको वोनस र टाडा छुटका कारण रेभिन्यू घटेको हो । एनसेलले डाटामा छुट दिनुका साथै रिचार्जमा १२० प्रतिशतसम्म वोनस दिएको छ ।

gold
himalayan life insurance long ad
kumari bank