सिटी र चेल्सीको सहज जित
एजेन्सी । साविक विजेता म्यानचेस्टर सिटी र चेल्सीले शनिवार राति इंग्लिस प्रिमियर लिग फुटबलमा सहज जित निकालेका छन् ।
सिटीले साउथह्याम्पटनलाई ४–० गोल अन्तरले हरायो । सिटीको जितमा जोआओ कन्सेलो, फिल फोडेन, रियाद मेहरेज र एर्लिङ हालान्डले एक एक गोल गरे ।
जितसँगै सिटीले ९ खेलबाट २३ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको छ । साउथह्याम्पटन ७ अंक जोडेर १६ औं स्थानमा छ ।
अर्को खेलमा चेल्सीले उल्भ्सलाई ३–० ले हरायो । चेल्सीको जितमा काइ हार्भट्ज, क्रिस्टियन पुलिसिच र अर्मान्डो ब्रोजाले एक एक गोल गरे ।
जितसँगै ८ खेलबाट १६ अंक जोडेको चेल्सी चौंथो स्थानमा उक्लिएको छ छ । उल्भ्स ६ अंक जोडेर १८ औं स्थानमा छ ।
राति भएको अर्को खेलमा टोटनहमले ब्राइटनलाई १–० ले पराजित गर्यो । जितसंगै टोटनहम तेस्रो स्थानमा उक्लिएको छ ।





















