citizens life insurance long ad
stcnepal long ad
ime life insurance
global bank

नवकान्तिपुर बचत तथा ऋण सहकारी संस्थाको २५ औं वार्षिक साधारण सभा

Nimb long ad
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । नवकान्तिपुर बचत तथा ऋण सहकारी संस्थाले सदस्यलाई १८ प्रतिशत लाभांश दिने भएको छ । संस्थाले २०७८/०७९ को मुनाफाबाट सदस्यलाई १८ प्रतिशत लाभांश (करसहित) दिने भएको हो ।

उक्त लाभांश दिने सञ्चालक समितिको प्रस्ताव संस्थाको शुक्रबार सम्पन्न २५ औं वार्षिक साधारण सभाले पारित गरेको छ । संस्थाले गत वर्ष सदस्यलाई १५.७९ प्रतिशत लाभांश वितरण गरेको थियो ।

आर्थिक वर्ष २०७८र०७९ मा संस्थाको सेयर पुँजी ७ करोड ९७ लाख ९६ हजार १ सय रुपैयाँ रहेको छ । त्यस्तै संस्थाको जगेडा कोष र अन्य कोषहरुमा २१ करोड ७५ लाख १३ हजार ९ सय ४८ रुपैयाँ रहेको छ ।

संस्थाले १ करोड ४४ लाख ९७ हजार ५ सय ३५ रुपैयाँ सेयर लाभांश कोषमा र ६४ लाख ८५ हजार ७ सय ५० रुपैयाँ संरक्षित पूँजी कोषमा रकम व्यवस्था गरेको छ ।

संस्थाले आर्थिक वर्ष २०७८/०७९ मा संस्थामा २ अर्ब ८१ करोड २६ लाख रुपैयाँ निक्षेप संकलन गरी १ अर्ब ७१ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । संस्थाले ४ करोड ५७ लाख ५२ हजार रुपैयाँ खुदनाफा आर्जन गर्न सफल भएको छ ।

संस्थाका अध्यक्ष शिव प्रसाद सिटौलाको सभापतित्वमा सम्पन्न संस्थाको साधारण सभाले आर्थिक वर्ष २०७८/०७९ को वार्षिक प्रतिवेदन, लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन, लेखा परिक्षकको प्रतिवेदन, चालु आ।व।को नीति तथा कार्यक्रम पारित गरेको छ ।

IME Life
ofukuro
kumari