citizens life insurance long ad
stcnepal long ad

संभावना नेपालको दोस्रो बार्षिक साधारण सभा सम्पन्न

Nimb long ad
Prabhu Insurance Long Ad

ललितपूर । संभावना नेपालको दोस्रो बार्षिक साधारण सभा बेखाज् पार्टी प्यालेस,बागडोल ललितपूरमा शनिवार सम्पन्न भएको छ । सो कायक्रमको प्रमुख अतिथी बागमती प्रदेशका पूर्व मन्त्री अष्ट लक्ष्मी शाक्यद्घारा उट्घाटन गर्दै महिलाहरु अब अघाडि बढ्नुको विकल्प नरहेको भन्दै संस्थाले यति छोटो अवधिमा नै प्रगति गरेकोमा बधाई ब्यक्त गरे ।

सो अवसरमा ललितपूर उद्योग वाणिज्य संघका अध्यक्ष मनोज बहादुर न्याछों, सशस्त्र प्रहरीका डिआईजी डा.रुपक महर्जन, ललितपुर महानगरपालिका महिला तथा बालबालिकाका प्रमुख महेश्वरी बिष्ट, क्लासिक डायमण्डका नबिना सिंह महर्जन, ललितपुर महानगर वडा नं. १७ का वडा अध्यक्ष विनोद महर्जन लगायतको उपस्थिति रहेको थियो ।

सो कार्यक्रममा संस्थाका उपाध्यक्ष जिवन देवी शाक्य बाट स्वागत मन्तब्य दिएको थियो भने संस्थाका कोषाध्यक्ष सुशिला महर्जनले संस्थाको कार्य प्रगतिबारे जानकारी दिएका थिए ।

संस्थाको कार्य समितिमा अध्यक्ष विणा महर्जन, उपाध्यक्ष जिवन देवी शाक्य, सचिव रोजी श्रेष्ठ, कोषाध्यक्ष सुशिला महर्जन,सदस्यहरु अमि महर्जन, अमिता अवाले, सरिता बज्राचार्य रहेका छन् ।
कार्यक्रमका सभापति तथा अध्यक्ष विणा महर्जनले धन्यवाद ज्ञापन दिदै सबैको सहयोगबाट नै लक्ष्य हासिल हुने भन्दै सबैको हौसलाले थप उर्जा दिएको बताउनु भयो ।

संभावना नेपाल सशक्तिकरणका लागि सृजना भन्ने नाराका साथ अगाडि बढिरहेको गैर नाफामूलक संस्थाले मुलत न्युन गुणस्तरिय जीवन व्यतित गरिरहेका महिला, बालबालिका तथा जेष्ठ नागरिकहरुलाई सान्दर्भिक शिक्षा, नविन स्वास्थ्य सेवा र जीविकोपार्जनका लागि सीपमूलक तालिम कार्यक्रमहरु संचालन गर्दै आईरहेको छ ।

 

 

IME Life
kumari