सानिमा इक्विटी फन्डको मूल्य समायोजन
काठमाडौं । सानिमा इक्विटी फन्डको २२५ नगद लाभांशमा मूल्य समायोजन भएको छ । समायोजन पछि प्रतिइकाई १० रुपैयाँ १९ पैसालाई आधार मानेर आइतबार यसको कारोबार खुल्नेछ ।
बिहीबारको अन्तिम कारोबार मूल्य १२ रुपैयाँ ३९ पैसालाई आधार मानेर यसको मूल्य समायोजन गरिएको हो ।
फन्डले २२५ नगद लाभांश प्रयोजनका लागि आइतबार असोज ९ गते बुक क्लोज गर्दैछ । बिहीबारसम्म कायम इकाईधनीले लाभांश पाउन सक्नेछन् ।























