stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

नेपाल राष्ट्र बैंकले ४० अर्बकोे ट्रेजरी बिल सोझै खरिद गर्ने

बैंकिङ प्रणालीमा न्यून तरलताको स्थिति देखिएमा तरलता प्रवाह गर्न प्रयोग हुने उपकरण सोझै खरिद हो ।

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल राष्ट्र बैंकले ४० अर्बकोे ट्रेजरी बिल सोझै खरिद गर्ने भएको छ । बैंकले बिहीबार सूचना जारी गर्दै सोझै खरिद उपकरण बोलकबोल प्रक्रियाबाट गर्ने गरी आह्वान गरेको हो ।

बैंकले बोलकबोल प्रक्रियाबाट २०७९ पुस मसान्तसम्म भुक्तानी अवधि भएको यो ट्रेजरी बिक्री गर्न चाहने बैंक तथा वित्तीय संस्थाले बिहीबार ३ बजेसम्म आवेदन दिन सक्ने जनाएको छ ।

बैंकले प्राप्त आवेदनका आधारमा शुक्रबार असोज ७ गते ट्रेजरी खरिद गर्नेछ । बैंकिङ प्रणालीमा न्यून तरलताको स्थिति देखिएमा तरलता प्रवाह गर्न प्रयोग हुने उपकरण सोझै खरिद हो ।

यो उपकरणको केन्द्रीय बैंकले तोकिएको दिन भित्र भुक्तानी मिति भएका ट्रेजरी बिल इच्छुक बैंक तथा वित्तीय संस्थाबाट बोलकबोल माध्यमबाट खरिद गर्दछन् ।

त्यस बापतको रकमा ती बोलकर्तालाई भुक्तानी गर्ने भएकाले बैंकिङ प्रणालीमा तरलता प्रवाह हुन्छ । राष्ट्र बैंकले प्रणालीमा तरलताको चाप पर्दा यस्ता उपकरणको निरन्तर प्रयोग गर्दै आएको छ ।

prabhu mahalaxmi
kumari