stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

अर्थ मन्त्रालयका कारण बजारमा चिनीको मूल्य बढयो

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं। चाडपर्वका बेलामा उपभोक्तालाई सहुलियत दिन सरकारले गत असोज १ गतेदेखि छठपर्वसम्म काठमाडौं उपत्यकामा सुपथ मूल्य पसल सञ्चालन गरेको भए पनि यो वर्षको दसैंमा उपभोक्ताले चिनी महंगो मुल्यमा खरिद गर्नुपर्ने अवस्था आएको छ ।

सरकारले हरेक वर्ष चाडपर्वमा सहुलियत दरमा चिनी बिक्री गर्दै आएको भए पनि यो वर्षको चाडपर्वमा भने चिनी अझै महँगिने संकेत देखिएको छ।

अहिले बजारमा चिनी किलोको ११० रूपैयाँमा बिक्री भैरहेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले कर छुटमा ५० हजार मेट्रिक टन चिनी खरिदको लागि अर्थ मन्त्रालयसँग अनुमति माग गरेको भएपनि अर्थ मन्त्रालयले स्वीकृति नदिएपछि बजारमा चिनी महँगिने भएको छ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले साल्ट ट्रेडिङ कर्पोरेसनलाई ४० हजार र खाद्य व्यापार तथा आपूर्ति कम्पनीलाई १० हजार गरी कुल ५० हजार मेट्रिक टन चिनी आयातका लागि अनुमति मागेको थियो ।

बजारमा हस्तक्षेप बढाउन भन्सार छुटमा चिनी आयातको लागि अनुमति माग गरेको भए पनि अर्थ मन्त्रालयबाट स्वीकृति नपाएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सह–प्रवक्ता उर्मिला केसीले बताएकी छिन्। उनले भनिन ‘ त्यसका लागि हामीले अर्थमा पत्र पठाएका छौ, तर स्कीकृति आएको छैन।’

सरकारी स्वामित्वका संस्थान मार्फत पर्याप्त चिनी खरिद गरेर बजारमा हस्तक्षेप गर्न नसक्दा मूल्यमा बेथिति हुने गरेको छ। चिनी आयात गर्दा ४० प्रतिशत भन्सार महसुल तथा १३ प्रतिशत मूल्य अभिवृध्दि कर तिर्नुपर्छ ।

व्यापारीले मनोमानी रूपमा चिनी बिक्री गर्दा उपभोक्ता ठगिने गरेका छन्। चाडपर्वमा अहिलेको मूल्यभन्दा अझ महँगो हुने अनुमान गरिएको छ ।

सरकारको लगानी रहेको साल्ट ट्रेडिङ कर्पोरेसन र खाद्य व्यवस्था तथा व्यापार कम्पनीले चिनी स्टक राखेर हस्तक्षेप गर्न नसक्दा उपभोक्ता मर्कामा पर्ने देखिन्छ।

prabhu mahalaxmi
kumari