citizens life insurance long ad
stcnepal long ad

असोज ११ गते सानिमा जनरल र जनरल इन्स्योरेन्सको  विशेष सभा, मर्ज प्रस्ताव पारित हुँदै

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सानिमा जनरल र जनरल इन्स्योरेन्सले असोज ११ गते विशेष साधारण सभा बोलाएका छन् । जसमा सानिमाको सभा कुण्डलीनी दरवार बैङक्वेट, चन्डोल, काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुनेछ ।

यस्तै, जनरल इन्स्योरेन्सको सभा अमृतभोग कालिकास्थान, डिल्लीबजार काठमाडौंमा बिहान ११ बजेबाटनै सुरु हुनेछ ।

दुवै कम्पनीले सभामा एक आपसमा मर्ज हुने प्रस्ताव पेश गर्दैछन् । मर्जपछि कम्पनीको नाम सानिमा जिआईसी इन्स्योरेन्स राख्ने प्रस्ताव पेश हुँदैछ ।

साथै, मर्जर पश्चात संस्थापक तथा सर्वसाधारण सेयरधनीको सेयर अनुपात ५१ः४९ कायम गर्न प्रस्ताव पनि सभामा पेश हुनेछ ।

सानिमा र जनरल इन्स्योरेन्स एक आपसमा गाभिने भएपछि हाल दुवैको सेयर कारोबार रोक्का गरिएको हो ।

यी दुई कम्पनीहरुबीच असार २९ गते मर्ज सम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको थियो । हाल सानिमा जनरलको १ अर्ब र जनरल इन्सुरेन्सको चुक्ता पुँजी पनि १ अर्ब रुपैयाँ छ ।

कम्पनीहरुले १ बराबर १ को स्वाप रेसियोमा मर्जर सम्झौता गरेका छन् । मर्जर पश्चात कायम हुने कम्पनीको पुँजी २ अर्ब रुपैयाँ हुनेछ ।

बिमा समितिको निर्देशनपछि अहिले बिमा कम्पनीहरु पुँजी वृद्धिको दबाबमा छन् । बिमा समितिको गत चैत १० गतेको निर्देशन अनुसार एक वर्षभित्रै निर्जीवन बिमा कम्पनीले २ अर्ब ५० करोड रुपैयाँ र जीवन बिमा कम्पनीहरुले ५ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउनुपर्ने हुन्छ ।

IME Life
kumari