citizens life insurance long ad
stcnepal long ad

नेपाल राष्ट्र बैंकले दुई अर्ब निक्षेप राख्ने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं। नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको रु. दुई अर्ब बराबरको रकम मुद्दती निक्षेपमा लगानी गर्ने जनाएको छ ।

राष्ट्र बैंकले एक सूचना मार्फत क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई आफूले लिन चाहेको रकम र व्याजदर प्रस्ताव गर्न आग्रह गरेको छ ।

राष्ट्र बैंकले सो रकम एक वर्षका लागि मुद्दती निक्षेपमा राख्न चाहेको जनाएको छ । सूचना अनुसार (क) वर्गका वाणिज्य बैंक रु. एक अर्ब ६० करोड, ९ख० वर्गका बैंकले रु. ३० करोड र (ग) वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीमा रु. १० करोड बराबरको रकम मुद्दती निक्षेपमा राख्ने जनाएको छ ।

बैंकले यही भदौ २२ गते राति १२ बजेसम्म आवेदन दिन आग्रह गरेको छ । मुद्दती निक्षेप राख्न बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा दुई वर्ष हुनुपर्ने, बैंकको तोकिएको न्यूनतम पुँजीकोष अनुपात कायम भएको, निष्क्रिय कूल कर्जा सापटीको पाँच प्रतिशत भन्दा कम रहेको, खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तीमा २० प्रतिशत वा सोभन्दा बढी रहेको हुनुपर्ने लगायतका शर्त राखेको छ ।

राष्ट्र बैंकको वित्त व्यवस्थापन विभाग अवकाश कोष इकाइले तोकिएको शर्त पूरा गरेर आवेदन दिन बैंक तथा वित्तीय संस्थालाई आग्रह गरेको छ ।

IME Life
kumari