citizens life insurance long ad
stcnepal long ad

भदौ १५ गते बुधबारदेखि हिमालयन बैंकले ऋणपत्र खुला गर्ने

यस ऋणपत्रमा वार्षिक १०.५० प्रतिशत ब्याजदर पाइने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । हिमालयन बैंकले  भदौ  १५ गतेबाट २५ लाख युनिट ऋणपत्र बिक्री खुला गर्ने भएको छ ।  बैंकले  प्रति इकाई १ हजार रुपैयाँ दरमा २ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्नेछ ।

यसमध्ये १५ लाख युनिट ऋणपत्र व्यक्तिगत तवरबाट तथा बाँकी १० लाख युनिट सर्वसाधारणका लागि खुला हुनेछ ।

यसबाट सामूहिक लगानी कोषलाई पनि ५ प्रतिशत छुट्याएको छ । सामूहिक लागानी कोषहरुले कुल ५० हजार इकाई पाउनेछन् । यस ऋणपत्रमा वार्षिक १०.५० प्रतिशत ब्याजदर पाइने छ ।

यसमा न्यूनतम २५ इकाईदेखि अधिकतम २ लाख ५० हजार इकाईसम्म आवेदन दिन सकिनेछ । बैंकले ७ वर्ष अवधिको “हिमालयन बैंक वन्ड २०८६’ नाममा ऋणपत्र जारी गर्न लागेको हो ।

यसमा बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेन्ट बैकिङ लिमिटेडले गर्नेछ । यो ऋणपत्रमा छिटोमा भदौ १९ गते सम्म आवेदन दिन सकिनेछ ।

त्यस अवधिमा आवश्यक मात्रामा बिक्री नभएमा भने भदौ २९ गतेसम्म भर्न सकिनेछ । यसमा सी–आस्वामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनको शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।

IME Life
kumari