citizens life insurance long ad
stcnepal long ad

नेसनल लाइफ इन्स्योरेन्सको खुद नाफामा झिनो सुधार

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं नेसनल लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षको चौथो त्रैमासको अन्त्यसम्ममा ४० करोड ८८ लाख ९३ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

अघिल्लो वर्ष यस इन्सुरेन्सले ४० करोड १२ लाख १० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । खुद नाफा १.९१ प्रतिशत ले बढेको हो । कम्पनीले नोक्सानी व्यवस्थाका लागि ८३ लाख ५४ हजार रुपैयाँ छुट्याएको छ । साथै, यसको व्यवस्थापन खर्च पनि सामान्य बढेको छ । जसको असर नाफामा परेको देखिएको छ ।

असार मसान्तसम्म कम्पनीको जगेडा कोष २४.४० प्रतिशतले घटेर ६६ करोड ७१ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यसको जगेडामा ८८ करोड २४ लाख रुपैयाँ रहेको थियो ।

जीवन बिमा कोषको आकार भने २०.५८ प्रतिशतले बढेर ५१ अर्ब १५ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष बिमा कोष ४२ अर्ब ४२ करोड रुपैयाँ रहेको थियो ।

खुद बिमा शुल्क आर्जन १७.८८ प्रतिशतले बढेर १४ अर्ब २८ करोड रुपैयाँ पुगेको छ । नेसनलको चुक्ता पुँजी ४ अर्ब ३ करोड ५१ लाख ५८ हजार रुपैयाँ रहेको छ ।

असार मसान्तसम्म आइपुग्दा यसको प्रतिसेयर आम्दानी १० रुपैयाँ १३ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १२५ रुपैयाँ १९ पैसा छ ।

IME Life
kumari