कार्यकक्षबाटै ३० हजार घुस सहित कम्प्युटर अधिकृत पक्राउ परिन्
काठमाडौँ । आन्तरिक राजश्व कार्यालय, लाजिम्पाटमा कार्यरत कम्प्युटर अधिकृत विन्दु प्रधान श्रेष्ठ घुस सहित पक्राउ परेकी छिन् ।
अख्तियार दूरूपयोग अनुसन्धान आयोगको टोलीले उनलाई बुधबार ३० हजार घुस सहित पक्राउ गरेको हो । कर सम्बन्धि विषयमा सहयोग गरिदिने भन्दै उनले घुस लिएको आयोगले जनाएको छ । कार्यकक्षबाटै उनलाई आयोगको टोलीले पक्राउ गरेको हो ।























