सेयर धितो कर्जा अब एउटै बैंकबाट १२ करोडसम्म लिन पाइने
केन्द्रीय बैंकले जारी गर्यो निर्देशन
Nepal Rastra Bank
काठमाडौं । सेयर धितो कर्जा एउटै वा सबै बैंक तथा वित्तीय संस्थाबाट १२ करोड रुपैयाँसम्म लिने पाइने गरी केन्द्रीय बैंकले निर्देशन जारी गरेको छ ।
मौद्रिक नीतिमा आएको व्यवस्था कार्यान्वयनका लागि बुधबार एकीकृत निर्देशन जारी गरिएको हो ।
मौद्रिक नीतिमै आएको प्रावधान अनुसारको व्यवस्था निर्देशनमा पनि गरिएको छ । यस व्यवस्थासँगै लगानीकर्ताले थोरै भए पनि राहत पाउने भएका छन् ।
























