श्वेत गंगा हाइड्रोपावरको आइपीओ भर्ने आज अन्तिम दिन
(©moomsabuy - Fotolia/stock.adobe.com)
Stock-IPO-01-Adobe
IPO wording. Hand writing Stock Market message.
काठमाडौं । आज साउन ८ गते श्वेत गंगा हाइड्रोपावरको आइपीओ भर्ने अन्तिम दिन हो । आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ ।
श्वेत गंगाले साउन ४ गतेबाट सर्वसाधारणका लागि २२ लाख ७० हजार २५ कित्ता आइपीओ बिक्री खुला गरेको हो । कुल २३ लाख ८९ हजार ५०० कित्ता साधारण सेयर निष्कासन गरेकामा ५ प्रतिशत अर्थात् १ लाख १९ हजार ४७५ कित्ता सामुहिक लगानी कोषलाई छुट्याएर बाँकी रहेको सेयर सर्वसाधारणलाई बिक्री खुला गरिएको हो ।
लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सक्ने व्यवस्था रहेको छ ।
श्वेत गंगाको आइपीओमा सानिमा क्यापिटलले बिक्री प्रबन्धकको काम गरेको छ । लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् ।























