stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

साउन १६ गते चर्को महङ्गीविरूद्ध एमालेले उपत्यकामा जनप्रदर्शन गर्ने

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेकपा ‘एमाले’ले चर्को महङ्गीविरूद्ध उपत्यकामा जनप्रदर्शन गर्ने भएको छ । एमाले महासचिव शंकर पोखरेलको अध्यक्षतामा आज बसेको बैठकले महंगीविरूद्ध यही साउन १६ गते जनप्रदर्शन गर्ने निर्णय गरेको हो ।

पार्टीका स्थायी कमिटीका सदस्य तथा सांसद कृष्णगोपाल श्रेष्ठको संयोजकत्वमा जनप्रदर्शन तयारी कमिटी वनाइएको छ । जनप्रदर्शनमा पार्टीका उपत्यकाका तीनै जिल्ला कमिटी, जनसंगठन परिचालन गरिने जनाइएको छ ।

राजधानीको वसन्तपुरबाट शुरू हुने र्यालीमा उपत्यका विशेष प्रदेश कमिटी, पार्टीका केन्द्रीय विभागहरू, सांसदहरू, उपत्यकामा पार्टीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरू, सम्पर्क मञ्चहरू र जनसहभागिता गराउने निर्णय भएको पार्टीका कार्यालय सचिव डा।भीष्म अधिकारीले जानकारी दिए ।

बैठकमा पार्टीका उपमहासचिवद्वय पृथ्वीसुब्बा गुरूङ र बिष्णु रिमाल, स्थायी कमिटी सदस्य कृष्णगोपाल श्रेष्ठ, बाग्मती प्रदेश कमिटीका अध्यक्ष केशव पाण्डे, उपत्यकाका तीन जिल्लाका पार्टी अध्यक्ष, जनसंगठनका अध्यक्षहरूको उपस्थिति रहेको थियो ।

 

prabhu mahalaxmi
kumari