citizens life insurance long ad
stcnepal long ad

लेवान्डोस्की बार्सिलोनामा अनुबन्ध हुने

Nimb long ad
Prabhu Insurance Long Ad

एजेन्सी । स्ट्राइकर रोबर्ट लेवान्डोस्की जर्मन बुन्डेसलिगा क्लब बायर्न म्युनिख छोडेर ला लिगा क्लब बार्सिलोना जाने भएका छन्। बायर्न म्युनिखले बार्सिलोनाको ५० मिलियन पाउन्डको प्रस्ताव स्वीकार गरेसँगै मेबाट लेवान्डोस्कीको नयाँ गन्तव्य क्याम्प नोउ हुने भएको छ।

लेवान्डोस्कीले गत सिजन बायर्नबाट ५० गोल गरेका थिए। गत सिजनको अन्त्यसँगै उनले बायर्नमा भविष्य नदेखेकाले आफूलाई फुकुवा गरिदिन क्लबसमक्ष आग्रह गरेका थिए। बायर्नले भने उनको प्रस्ताव अस्वीकार गर्दै आएको थियो।

 

जाभीको टोलीले बिहीबार मात्र ओसामाने डेम्बेलेसँगको सम्झौता दुई वर्षका लागि नवीकरण गरेको थियो। बार्सिलोनाले यसअघि नै आन्द्रियास क्रिस्टेनसेन र फ्रयांक केइसीलाई अनुबन्ध गरिसकेको छ।

बार्सिलोनाले शुक्रबार लिड्स युनाइटेडका राफिन्हालाई भित्राएको थियो। बार्सिलोनाले राफिन्हालाई ६७ मिलियन युरोमा अनुबन्ध गरेको हो।

लेवान्डोस्कीले बायर्नबाट लगातार आठपटक बुन्डेसलिगाको उपाधि जितेका थिए। उनी सन् २०१४ मा बुन्डेसलिगाकै अर्को क्लब बोरुसिया डर्टमन्डबाट बायर्नमा भित्रिएका थिए।

IME Life
kumari