stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

नेपाल लाइफको सिइओमा प्रविण रमण पराजुली

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले प्रमुख कार्यकारी अधिकृतमा प्रविण रमण पराजुलीलाई नियुक्ति गर्ने भएको छ ।

आज बसेको सञ्चालक समितिको ३४१ औं बैठकले पराजुलीलाई आगामी चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्ति गर्ने निर्णय गरेको हो ।

 

 

सञ्चालक समितिले पराजुलीलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्ति गर्ने निर्णय गरे पनि बीमा समितिबाट स्वीकृति लिन भने बाँकी छ । बीमा समितिले स्वीकृति दिए पछि मात्रै कम्पनीले आधिकारिक रुपमा नियुक्ति गर्नेछ ।

नेपाल लाइफले पराजुलीलाई गत पुस २५ गते वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत (सिनियर डिसिइओ) मा नियुक्त गरेको थियो ।

रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीमा चार वर्षे कार्यकाल पुरा गरेर गत पुस १४ गतेदेखि बाहिरिएका पराजुली एक तह घटुवा भएर नेपाल लाइफ भित्रिएका थिए ।

कम्पनीले सुरुवाति अवस्थामा पराजुलीलाई डिसिइओमै राख्ने र प्रमुख कार्यकारी अधिकृतमा बाहिरबाट ल्याउने योजनामा थियो । तर आफुले भने जस्तो व्यक्ति नपाए पछि कम्पनीले पराजुलीलाई नै नियुक्ति गर्ने निर्णय गरेको हो ।

बीमा समितिले कम्पनीलाई सिइओ पदमा छिटो भन्दा छिटो नियुक्त गर्न बारम्बार दवाव दिए पनि पराजुलीको कुलिङ पिरियड कुरेर बसेको जानकारी दिदै आएको थियो ।

समितिले केहि समय अगाडी कम्पनीलाई बोलाएर किन प्रमुख कार्यकारी अधिकृत नियुक्त नगरेको भन्दै स्पष्टिकरण सोधेको थियो । समितिले स्पष्टिकरण सोध्दा कम्पनीले यहि साउन भित्र जसरी पनि नियुक्त गर्ने जवाफ दिएको थियो ।

बीमा समितिलाई जवाफ दिए अनुसार नै कम्पनीले पराजुलीलाई आगामी चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने भएको हो । ६ महिनाको प्रतिक्षा पछि पराजुली नेपालकै सबैभन्दा ठुलो बीमा कम्पनीको सिइओ बन्दै छन् ।

 

prabhu mahalaxmi
kumari