stcnepal long ad
global ime bank long

आर्थिक वर्ष २०७८/०७९ मा विदेश जाने श्रमिकको संख्या ३.६८ गुणाले वृद्धि

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं। वैदेशिक रोजगार विभागका महानिर्देशक शेषनारायण पौडेलले आर्थिक वर्ष २०७८/०७९ मा विदेश जाने श्रमिकको संख्या ३.६८ गुणाले वृद्धि भएको बताउनुभएको छ।

शुक्रबार विभागमा वैदेशिक रोजगार विभागको आर्थिक वर्ष २०७८/०७९ वार्षिक समीक्षा तथा छलफल कार्यक्रममा बोल्दै महानिर्देशक पौडेलले यस्तो बताउनुभएको हो।

महानिर्देशक पौडेलले चालु आर्थिक वर्षमा विदेश जाने श्रमिकको संख्या ३.६८ गुणाले वृद्धि भएर ६ लाख २८ हजार भन्दा माथि पुगेको बताउनुभयो।

महानिर्देशक पौडेलले चालु आर्थिक वर्षमा अहिलेसम्मकै धेरै श्रम स्वीकृति दिइएको बताउनुभयो। उहाँले अहिले पनि अन्तर्राष्ट्रिय मुलुकमा वैदेशिक रोजगारी कोभिड भन्दा अगाडिको लयमा नआइसकेको भए पनि नेपालको वैदेशिक रोजगारको अवस्था पूर्ण रुपमा लयमा फर्किएको बताउनुभयो।

महानिर्देशक पौडेलले २०५१ सालदेखि नेपालमा श्रम स्वीकृत जारी गरेर यो वर्षसम्म ७१ लाख २० हजार भन्दा बढी श्रम स्वीकृत भएको बताउनुभयो। महानिर्देशक पौडेलले ७१ लाख श्रम स्वीकृतमा ६७ लाख पुरुष र तीन लाख महिलालाई श्रम स्वीकृत दिएको बताउनुभयो।

महानिर्देशक पौडेलले चालु आर्थिक वर्षमा मात्रै गत आर्थिक वर्षको भन्दा ४ लाख ६१ हजार बढी रहेको बताउनुभयो।

उहाँले भन्नुभयो, ‘अहिलेसम्मको सबैभन्दा धेरै श्रम स्वीकृत यो आर्थिक वर्षमा भएको छ। अहिले अन्तर्राष्ट्रिय देशको चिन्ता के छ भने वैदेशिक रोजगारी कोभिड भन्दा अगाडिको लयमा आउन सकेको छैन। २०५१ सालदेखि नेपालमा श्रम स्वीकृत जारी गरिरहेका छौं।

अहिलेसम्म ७१ लाख २० हजार भन्दा बढी श्रम स्वीकृत भएको छ। यो भनेको रि इन्ट्री समेतको गरेर हो। यसमा ६७ लाख पुरुष र ३ लाख महिला हुनुहुन्छ।

श्रम स्वीकृति २०७३ देखि निरन्तर ओरालो लागि रहेको छ। अहिले २०७८ असारदेखि २०७९ असार ३० गतेसम्म गत वर्ष भन्दा ४ लाख ६१ हजारले बढेको देखिन्छ। यो वर्ष ६ लाख २८ हजार श्रम स्वीकृति पुगेको अवस्था छ। अहिले वैदेशिक रोजगारी सन्तोषजन रुपमा अगाडि बढेको देखिन्छ।’

त्यस्तै महानिर्देशक पौडेलले विभागले सबै प्रकारका श्रम स्वीकृति अनलाइन प्रणालीबाट सञ्चालन गरेकाले एक वर्षमा ४५ प्रतिशत कार्यालयमा भीडभाड कम गरिएको बताउनुभयो। महानिर्देशक पौडेलले सबै प्रकारका श्रम स्वीकृति अनलाइन भएकाले कर्मचारीदेखि सुशासनमा समेत सुधार भए सेवाग्राहीको समय र लागत कम भएको दाबी गर्नुभयो।

महानिर्देशक पौडेलले विभागले सक्कली पीडित भन्दा पनि नक्कली पीडित ३० प्रतिशत उजुरी लिएर आउनेगरेको बताउनु भयो। उहाँले अहिले नक्कली पीडितलाई विभागले निरुत्साहित गर्दै लगिएको बताउनु भयो।

उहाँले भन्नुभयो, ‘२०७८ माघ २ गतेबाट पुनःश्रम स्वीकृतिलाई पूर्ण अनलाइन गरौं। जसबाट ४५ प्रतिशत वैदेशीक रोजगार विभागमा काम गर्ने भीडभाड कम भयो।

अहिले सबै प्रकारका श्रम स्वीकृतिहरु अनलाइन भएको छ। यसले केही न केही कर्मचारीदेखि सुशासनमा समेत सुधार हुँदै आएको छ। सेवाग्राहीको समय र लागत कम भएको छ। नक्कली पीडितलाई निरुत्साहित गरिएको छ।

वैदेशिक रोजगारी विभागमा उजुरी गर्ने आउने सबै पीडित हुन् सबै उजुरी सक्कली हुन् भन्ने लाग्नसक्छ। तर, हाम्रो अध्ययनले २५ देखि ३० प्रतिशत पीडित नक्कली पीडित हुन्।

सक्कली पीडित विभागको समस्या होइन। सक्कली पीडितका समस्या सजिलै समाधान हुन्छन्। अहिले १० लाख भन्दा बढीको कारोबार सम्पती सुदृढीकरणलाई बुझाउने गरेका छौं।’

महानिर्देशक पौडेलले नेपालको वैदेशिक दश गन्तव्य मुलुकमा सबैभन्दा पहिलो साउदी अरेबिया रहेको बताउनुभयो। उहाँले साउदी अरेबियामा एक लाख ८० हजार भन्दा बढी श्रमिक गएको बताउनुभयो।

पौडेलले दोस्रोमा कतार, तेस्रोमा यूएई र कुवेत, मलेसिया, बहराइन, रोमानिया, ओमान, जापान र क्रोएशिया रहेको बताउनुभयो। उहाँले पछिल्लो समय पुनः मलेसिया जाने श्रमिकको सख्या बढ्न थालेको बताउनुभयो।

महानिर्देशक पौडेलले कात्तिक महिनादेखि यता दक्षिण कोरियाको ईपीएस भाषा परीक्षामा पास भएका ५५ सय श्रमिक कोरिया गएको बताउनु भयो। उहाँले अब १० हजार श्रमिक जाने तयारीमा रहेको भन्दै कोरिया सरकारले नेपाललाई एक नम्बरमा राखेर सबैभन्दा बढी कोटा दिएको बताउनु भयो।

त्यस्तै महानिर्देशक पौडेलले चालु आर्थिक वर्षमा ८२.९ प्रतिशत भौतिक प्रगति गरेको र बेरुजु फर्छ्यौट ७० प्रतिशत भएको जानकारी दिनुभयो। महानिर्देशक पौडेलले विभागलाई भौतिक पूर्वाधारमा समस्या रहेको भन्दै अहिले पनि भाडाको घरमा विभाग रहेको गुनासो गर्नुभयो। उहाँले वैदेशिक रोजगार विभागलाई आफ्नै भवन बनाउन आवश्यक देखिएको उल्लेख गर्नुभएको छ।

महानिर्देशक पौडेलले वैदेशिक रोजगार सम्बन्धी कानुन कार्यविधिमा ठूलो समस्या रहेको बताउनुभएको छ। महानिर्देशक पौडेलले वैदेशिक रोजगार सम्बन्धि ठूलो समस्या छ भने त्यो वैदेशिक रोजगार ऐन,२०६४ रहेको दाबी गर्नुभयो। महानिर्देशक पौडेलले ऐनमा व्यवस्था गरेको श्रम स्वीकृति शब्द नै गलत भएको उल्लेख गर्नुभयो।

IME Lifesidebar
kumari