stcnepal long ad
ime life insurance
global ime bank long

सनराइज बैंकको प्रादेशिक कार्यालय मार्फत पीपीई हस्तान्तरण

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

आर्थिक सञ्जाल चैत्र ३०, २०७६ आइतबार

काठमाडौं । सनराइज बैंकको प्रदेश ५ को प्रादेशिक कार्यालयले सामाजिक उत्तरदायित्व अन्र्तगत व्यक्तिगत सुरक्षात्मक उपकरण (पीपीई)  हस्तान्तरण गरेको छ ।

प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेललाई औपचारिक कार्यक्रमका बिच २५ थान पीपीई हस्तान्तरण गरेको हो ।

साथै  चैत २८ गते बी.पी. कोइराला स्वास्थ्य विज्ञान संस्थान, धरानका प्राध्यापक डा. गौरी शंकर शाहलाई बैंकका प्रदेश १ का प्रादेशिक कार्यालयको प्रमुख विबेक निरौलाले ३३ थान पीपीई हस्तान्तरण गरेको थियो ।

प्रादेशिक कार्यालयका प्रमुख विबेक निरौलाल विपत्तिको समयमा राज्यलाई सहयोग गर्नु बैंकको सामाजिक उत्तरदायित्व भएको बताउदै कोरोना संक्रमणको उच्च जोखिममा रहेको स्वास्थ्यकर्मीहरुको सुरक्षाका लागि व्यक्तिगत सुरक्षात्मक उपकरण पीपीई प्रदान गरेको बताए ।

हालसम्म सनराइज बैंकले विभिन्न अस्पतालमा ५ सय भन्दा बढी पीपीई उपलब्ध गराई सकेको जनाएको छ ।

prabhu mahalaxmi
kumari