आज बिहान ८ बजे घर -घरमा राष्ट्रिय गान गुञ्जँदै

आर्थिक सञ्जाल वैशाख १, २०७७ सोमबार
काठमाडौं । नयाँ वर्ष २०७७ का अवसरमा आज बिहान ८ बजे घरघरमा ‘राष्ट्रिय गान गाऔँ, राष्ट्रिय धुन बजाऔँ’ अभियान हुँदैछ ।
ग्लोबल कम्प्याक्ट नेपालको आयोजनामा हुने सो अभियानलाई सफल बनाउन प्रधानमन्त्री केपी शर्मा ओलीले पनि सबैमा आग्रह गरिसक्नुभएको छ ।
कोरोना भाइरसको रोकथाम र नियन्त्रणमा अग्रमोर्चामा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायतको सम्मानमा तालिसमेत बजाउन आग्रह गरिएको छ । रासस