stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

चार हजार ४६ विदेशी स्वदेश फिर्ता

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल चैत्र ३०, २०७६ आइतबार

काठमाडौं । देशभर लकडाउन जारी रहेकै अवस्थामा विभिन्न परिस्थितिले रोकिएका चार हजार ४६ विदेशी नागरिक स्वदेश फर्किएका छन् ।

लकडाउनका कारण नेपालमा रोकिएका आफ्ना नागरिकलाई सम्बन्धित मुलुकले जहाज चार्टर्ड गरी स्वदेश फिर्ता लगेका हुन् । अध्यागमन विभागका अनुसार चैत १४ देखि २९ गतेसम्म विभिन्न ११ देशले जहाज चार्टर्ड गरी आफ्ना नागरिक फिर्ता लगेका हुन् ।

अध्यागमन विभाग, त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल कार्यालयका प्रमुख अध्यागमन अधिकृत सागर आचार्यले लकडाउनको अवधिमा विभिन्न मुलुकले आफ्ना चार हजार बढी नागरिक उद्धार गरी घर फिर्ता लगेको जानकारी दिनुभयो ।

उहाँका अनुसार सबैभन्दा बढी जर्मन सरकारले एक हजार २०३ जना नागरिक फिर्ता लगेको छ । त्यसैगरी फ्रान्सले दुई उडानमार्फत ६०८ नागरिकलाई नेपालबाट फिर्ता लगेको छ । अमेरिकाले पनि दुई वटा उडान मार्फत नेपालमा रोकिएका आफ्ना ६०५ नागरिकको उद्धार गरेको छ ।

बेलायतले दुई उडानमार्फत ५०० नागरिक लगेको छ । अष्ट्रेलियाले नेपाल एयरलाइन्सको जहाज चार्टर्ड गरी २५७ नागरिक स्वदेश लगेको छ । नेपाल एयरलाइन्सको चैत १९ गतेको चार्टर उडानमार्फत उनीहरु स्वदेश फर्किएका हुन् ।

जापानले पनि नेपाल एयरलाइन्सकै वाइड बडी जहाज चार्टर्ड गरी १९३ नागरिक स्वदेश लगेको छ । क्यानाडाले कतार एयरवेजको जहाजमार्फत २०७ नागरिक लगेको छ । त्यस्तै  मलेसियाले ६६ र चेक रिपब्लिकनले १०२ नागरिक घर फर्काएका छन् भने नेदरल्याण्डले १२४ नागरिक स्वदेश फर्काएको छ ।

नेपाल पर्यटन बोर्डले सरोकार निकायसँगको समन्वयमा उनीहरुलाई नेपालका विभिन्न गन्तव्यबाट उद्धार गरी काठमाडौँ ल्याउन सहजीकरण गरेको थियो ।- (रासस)

prabhu mahalaxmi
kumari