citizens life insurance long ad
macchha(MBL)
stcnepal long ad
Himalayan bank
nabil bank

एनआईसी एशिया बैंकमा कोरोना सचेतनाको यस्तो छ व्यबस्था

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल चैत्र ३०, २०७६ आइतबार

काठमाडौं । कोरोना भाइरस संक्रमणको उच्च जोखिमका बेला ग्राहक तथा कर्मचारीवर्गको स्वास्थ्यमा विशेष सतर्कता अपनाउँदै बैंकिंग सेवा सञ्चालन गर्दै आएको एनआईसी एशिया बैंकले जनाएको छ ।

कर्मचारीवर्गको सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर बैंकले हालसम्म ५ वटा भन्दा बढी शाखा कार्यालय, कुल ४६ वटा एटिएम तथा विभिन्न विद्युतीय माध्यमहरूबाट ग्राहकको विभिन्न बैंकिङ्ग आवश्यकताहरू पुरा  गरिरहेको बैंकले जनाएको छ ।

बैंकले सेवा दिइरहेका शाखा कार्यालयहरूमा ग्राहक पुग्नु भन्दा २ घण्टा अगावै ग्राहक चहल–पहल हुने क्षेत्र तथा कर्मचारीहरूको कार्यक्षेत्र सम्पूर्ण रुपमा प्रतिरोधक हुने गरी स्यानिटाइजर औषधी छर्किने गरिएको बैंकले जनाएको छ ।

शाखा कार्यालयमा खटिएका सुरक्षा गार्डद्वारा अत्यावश्यक सेवा लिन आउने ग्राहकलाई मास्क तथा स्यानिटाइजर प्रयोग गर्न सल्लाह दिने गरिएको, ज्वरो नाप्ते र स्यानिटाइजरले हात सफा गरेपश्चात मात्र ग्राहकलाई बैंकिङ्ग स’विधा लिन बैंक प्रवेश गराएको छ ।

सकेसम्म विद्युतीय माध्यमबाट बैंकिङ्ग कारोबार गर्न आग्रह गरिनुका साथै यसको लागि बैंकले विभिन्न विद्युतीय माध्यमबाट गरिने भुक्तानीका सेवाहरूलाई हाल निःशुल्क गरिएको बैंकले जनाएको छ ।  बैंकले ‘डिजिटल हेल्प डेस्क’ तथा प्रादेशिक तथा उपप्रादेशिक क्षेत्रमा ‘ग्राहक सहायता केन्द्र’ को समेत स्थापना गरेको छ ।

gold
kumari bank