चीनबाट स्वास्थ्य सामग्री, भारतबाट औषधि खरिद गर्ने तयारीमा सेना

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल चैत्र ३०,  २०७६ आइतबार

काठमाडौं । छिमेकी भारत र चीनले कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि आवश्यक औषधि र स्वास्थ्य उपकरण उपलब्ध गराउन सकिने लिखित जवाफ जंगी अड्डालाई दिएका छन्। भारतले ६० प्रकारका औषधि दिन सकिने जवाफ दिएको छ। उसले स्वास्थ्य सामग्री भने दिन नसकिने बताएको छ। भारत स्वयं कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि संघर्षरत छ। चीनले औषधि र स्वास्थ्य सामग्री दुवै दिन सकिने भनेको छ। भारत र चीन दुवैले तत्काल उपलब्ध गराउन सकिने औषधि र स्वास्थ्य सामग्रीको सूची पठाएको हो। उनीहरूले सबै सामग्री एकै पटक पठाउन नसकिने भनेका छन्। भारत र चीन दुवै मुलुकले तत्काल उपलब्ध गराउन सकिने र पठाउन केही समय लाग्ने औषधि तथा स्वास्थ्य सामग्रीको सूची जंगी अड्डालाई पठाएका हुन्। दक्षिण कोरियाले आफ्ना विभिन्न औषधि उत्पादन र उपलब्ध गराउने कम्पनीको नाम दिएको छ। उसले ती कम्पनीसँग आवश्यक परे समन्वय गर्ने जवाफ दिएको स्रोतले बताएको छ।
सिंगापुर र इजरायलले भने कुनै जवाफ दिएका छैनन। कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि स्वास्थ्य सामग्री ल्याउँदा ओम्नी समूहले चरम भ्रष्टाचार गरेको भन्दै सरकारले उसँगको सम्झौता तोडेको थियो। त्यसपछि चैत १६ गतेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य सामग्री खरिद गर्ने जिम्मा सेनालाई दिने निर्णय गरेको थियो। सरकारको निर्णयसँगै जंगी अड्डाले सरकार–सरकार (जीटूजी) प्रक्रियाबाट औषधि तथा स्वास्थ्य सामग्री खरिद गर्न चीन, भारत, दक्षिण कोरिया, इजरायल र सिंगापुरलाई लिखित पत्राचार गरेको थियो। जंगी अड्डाले पठाएको पत्रबारे चीन र भारतले औषधिलगायत अन्य स्वास्थ्य सामग्री उपलब्ध गराउन सकिने जवाफ दिएको हो। आजको अन्नपूर्ण पोष्ट दैनिकबाट ।

IME Lifesidebar
kumari