stcnepal long ad
global ime bank long

अर्थमन्त्रीलाई विश्वकप हेर्न निमन्त्रणा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मालाई फिफा विश्वकप फुटबल हेर्न निम्तो आएको छ । नेपालका लागि कतारी राजदूत युसुफ बिन मोहम्मद अहमद अल हेलले अर्थमन्त्रीलाई विश्वकप हेर्न निमन्त्रणा दिएका छन् ।

सिंहदरबारस्थित अर्थ मन्त्रालयमा अर्थमन्त्री शर्मासँग शिष्टाचार भेट गर्दै राजदूत युसुफले विश्वकप हेर्न निम्तो दिएका हुन् ।

 

‘नेपालका लागि कतारी राजदूत महामहिम युसुफ बिन मोहम्मद अहमद अल हेलबीच सिंहदरबारस्थित अर्थ मन्त्रालयमा शिष्टाचार भेट सम्पन्न भएको छ,’ मन्त्री शर्माले आफ्नो फेसबुक पेजमा लेखेका छन्,’ सो भेटमा कतारी राजदूत महामहिम युसुफले कतारमा आयोजना हुन लागेको विश्वकप फुटबल प्रतियोगिता २०२२ का लागि आमन्त्रण गर्नुभएको हुँदा उहाँलाई हार्दिक धन्यवाद।’

कतार विश्वकप आगामी नोभेम्बर २१ देखि डिसेम्बर १८ सम्म आयोजना हुनेछ । कतार विश्वकपको उद्घाटन खेलमा आयोजक र इक्वेडरबीच प्रतिस्पर्धा हुनेछ । नोभेम्बर २१ मा हुने उद्घाटन खेल अल बायत स्टेडियममा हुनेछ ।

IME Lifesidebar
kumari