citizens life insurance long ad
stcnepal long ad

बेनी–जोमसोम सडक अवरुद्ध

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । म्याग्दीको उत्तरी क्षेत्र हुँदै हिमालपारिको जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक आज बिहानदेखि अवरुद्ध भएको छ।

म्याग्दी र मुस्ताङको सिमानामा पर्ने काभ्रेभिरमा गए राति पहिरो खसेपछि ७६ किलोमिटर दूरीको बेनी(जोमसोम सडकमा यातायात सेवा बन्द भएको हो।

 

बेनी–जोमसोम–कोरला सडक आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनले सडकको बीचमा ठूलो ढुंगा खसेर अवरोध भएको बताए। ‘सडक खुलाउने काम भइरहेको छ’, उनले भने।

सडक स्तरोन्नतिको ठेकेदार कम्पनी शर्मा–गजुरमुखीको डोजर परिचालन गरे पनि सफल नभएपछि विस्फोटक पदार्थको प्रयोग गरेर ढुंगा फुटाउन सडक आयोजनामार्फत् जिल्ला प्रशासन कार्यालयमा प्रस्ताव गरिएको छ।

नेपाली सेनाको टोलीलाई विस्फोटक पदार्थको प्रयोग गरेर ढुंगा फुटाई सडक खुलाउन काभ्रेभीर पठाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

सडक अवरुद्ध हुँदा बेनीबाट मुस्ताङतर्फ र मुस्ताङबाट म्याग्दीतर्फ आउने जाने सवारीसाधन बीच सडकमा रोकिएका छन्।

अत्यावश्यक कामले गन्तव्यमा पुग्नुपर्ने सवारीसाधन परिवर्तन गरेर यात्रा गर्न बाध्य छन्। स्थानीयवासी, मुस्ताङ घुम्ने पर्यटक र मुक्तिनाथ दर्शनका लागि आउने र जाने भक्तजनलाई समस्या भएको छ। रासस

IME Life
kumari