citizens life insurance long ad
stcnepal long ad

१ लाख राशिको प्रजातन्त्र सेनानी दयाशंकर पालिखे स्मृति पत्रकारिता पुरस्कार २०७८ बाट सम्मान

Nimb long ad
Prabhu Insurance Long Ad

पोखरा ।  १ लाख राशिको प्रजातन्त्र सेनानी दयाशंकर पालिखे स्मृति पत्रकारिता पुरस्कार २०७८ बाट पत्रकार बबिता बस्नेतलाई सम्मान गरिएको छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पोखरामा मंगलबार आयोजित समारोहमा सो पुरस्कारबाट सम्मान गरिएको हो ।

 

 

स्व.दयाशंकर पालिखेको परिवारबाट स्थापित र नेपाल पत्रकार महासंघ कास्कीद्वारा संचालित उक्त पुरस्कार पाउने बस्नेत पहिलो महिला पत्रकार हुन् । यसअघि २१ पत्रकारले यो पुरस्कार पाइसकेका छन् ।

३ दशकदेखि पत्रकारिता गर्दै आएकी बस्नेत घटना र विचार साप्ताहिककी सम्पादक एवं संचारिका समूह नेपालकी पूर्व अध्यक्ष हुन् ।

समारोहमा सञ्चारमन्त्री कार्कीले अन्य राष्ट्रबीच पनि सुसम्बन्ध कायम गर्दै अघि बढ्नुको विकल्प नभएको बताए । उनले नेपाल पञ्चशीलको सिद्धान्त आत्मसात गर्दै अन्य राष्ट्रसँग सम्बन्ध बिस्तार गर्दै अघि बढ्ने बताए ।

समारोहमा पत्रकार महासंघ कास्की अध्यक्ष विमला भण्डारीले पत्रकारिताका माध्यमबाट सचेतना, महिला जागरण आदिमा महत्वपूर्ण योगदान गरेका कारण बबिता बस्नेतलाई सम्मान गरिएको बताइन् ।

IME Life
kumari