एभरेष्ट बैंकले ऋणपत्र निष्कासन गर्ने
काठमाडौं । एभरेष्ट बैंकले २ अर्ब रुपैयाँ बराबरको उर्जा ऋणपत्र निष्काशन गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ ।
बैंकले प्रतिइकाई १ हजार रुपैयाँ दरमा २० लाख इकाई ऋणपत्र बिक्री गर्न लागेको हो । यसमध्ये ८ लाख इकाई सर्वसाधारणका लागि खुला हुनेछ । बाँकी १२ लाख इकाई संघसंस्थालाई बिक्री गरिनेछ ।
यस ऋणपत्रमा वार्षिक ५.५ प्रतिशत ब्याजदर पाइनेछ । बैैंकले १० बर्ष अवधिको एभरेष्ट बैंक ऋणपत्र–२०८९ नाममा ऋणपत्र जारी गर्न लागेको हो । यसमा बिक्री प्रबन्धकको काम लक्ष्मी क्यापीटलले गर्नेछ ।






















