हिमालयन बैंकले ऋणपत्र निष्कासन गर्ने
काठमाडौं । हिमालयन बैंकले २ अर्ब ५० करोड रुपैयाँ बराबरको बन्ड बिक्री गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँ दरमा २५ लाख इकाई ऋणपत्र बिक्री गर्न लागेको हो ।
यसमध्ये १० लाख इकाई सर्वसाधारणका लागि खुला हुनेछ । बाँकी १५ लाख इकाई संघसंस्थालाई बिक्री गरिनेछ ।
हिमालयनले ७ वर्ष अवधिको ऋणपत्र जारी गर्न लागेको हो । यसमा वार्षिक १०. ५प्रतिशत ब्याजदर दिने बैंकले जनाएको छ । यसमा नबिल इन्भेष्टेमेन्ट बैंकिंङले बिक्री प्रबन्धकको काम गर्नेछ ।






















