stcnepal long ad
global ime bank long

एनसेल प्रयोगकर्ताले ‘प्रभु टिभी’ सित्तैमा हेर्न पाउने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल चैत्र २६, २०७६ बुधबार

काठमाडौं । प्रभु टिभिले लकडाउन अफर अन्तरगत एनसेल प्रयोगकर्तालाई एक महिनासम्म मोवाइलमा निशुल्क टिभि हेराउने भएको छ । एनसेल सिमकार्ड प्रयोग गर्ने ग्राहकहरुका लागि प्रभु टिभिले एक महिनासम्म निशुल्क सेवा दिने भएको हो ।

कोरोना सन्त्रासका कारण सरकारद्धारा जारी लकडाउनको समय अवधिमा घरमा बस्ने सबैका लागि यो सेवा उपलव्ध हुने छ । त्यसका लागि एनसेल सिमकार्ड प्रयोगकर्ताहरुले प्रभु टिभिको वालेटमा गएर प्रभु टिभि डाउनलोर्ड गर्नु पर्ने छ ।

प्रभु टिभी मोवाइल एप डाउनलोर्ड गरेपछि एक महिनासम्म सबै च्यानलहरु निशुल्क हेर्न सकिने प्रभु टिभिले जनाएको छ । लकडाउनका समयमा घरमा बस्दा दिक्दारी खेप्नुपरेको अबस्थामा यसले धेरै नेपालीहरुलाई मनोरंजन तथा समाचारका लागि सहयोगि भूमिका खेल्ने विश्वास गरिएको छ ।

त्यसका साथै विभिन्न रमाइला कार्यक्रमहरु पनि उपलव्ध गरिएका छन् । उक्त एपबाट नेपाली च्यानलहरु सहित सन्सारका सबै किसिमका १ सय ५० वटा च्यानलहरु एचडी क्वालीटीमा हेर्न सकिन्छ ।

प्रभु टिभिले मोवाइलबाटै टिभि हेर्न सकिने बनाएपछि धेरै नेपालीलाई यसले सहजिकरण गरेको छ । लकडाउन अबधिमा पनि प्रभु टिभिले सेवा दिँदै आएको छ ।

IME Lifesidebar
kumari