आज किसान लघुवित्तको २० प्रतिशत बोनस सेयर सुरक्षित गर्ने अन्तिम मौका
काठमाडौं । किसान लघुवित्त वित्तीय संस्थाको २० प्रतिशत बोनस सेयर सुरक्षित गर्ने आज बिहीबार जेठ १९ गते अन्तिम दिन हो । लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि कम्पनीले शुक्रबार जेठ २० गते बुक क्लोज गर्ने भएको छ । यसर्थ, आज जेठ १९ गतेसम्म कायम सेयरधनीले बोनस सुरक्षित गर्न सक्नेछन् ।
यसको साधारण सभा जेठ २८ गते बस्दैछ। सभामा कम्पनीले २० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पेश गर्नेछ । यस्तै, कम्पनीले अन्य वित्तीय संस्थाहरुसँग गाभ्ने–गाभिने सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पेश हुनेछ।
सभामा आर्थिक वर्ष २०७७/०७८ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०७८/०७९ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि छ ।























