citizens life insurance long ad
stcnepal long ad

टायरमा समस्या देखिएपछि काठमाडौं फर्कियो भद्रपुर उडेको बुद्ध एयरको विमान

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं। टायरमा समस्या देखिएपछि भद्रपुर उडेको बुद्ध एयरको विमान अवतरण नगरी काठमाडौं फर्किएको छ।

बुद्ध एयरको ९५३ उडान नम्बरको हवाईजहाजको पछिल्लो टायरको केही पार्ट धावनमार्गमा भेटियपछि जहाज भद्रपुर नपुग्दै आकाशबाटै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल फर्किएको हो।

 

६९ जना यात्रु लिएर भद्रपुरका लागि १० बजेर ४३ मिनेटमा उडेको विमान ११ बजेर १० मिनेटमा सकुशल काठमाडौं अवतरण गरिएको थियो। अहिले विमानको प्राविधिक जाँच भइरहेको विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए।

IME Life
kumari