stcnepal long ad
ime life insurance
national life
global ime bank long

नेपालबाट विद्युत् खरिद गर्न बङ्गलादेश तयार

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । नेपालका लागि बङ्गलादेशका राजदूत सलाहुद्दिन नोमान चौधरीले नेपालबाट विद्युत् खरिद गर्न बङ्गलादेश तयार रहेको बताउनुभएको छ । नेपाल–बङ्गलादेशबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पुगेको अवसरमा काठमाडौँस्थित बङ्गलादेशी दूतावासमा नेपाल चेम्बर अफ कमर्सका प्रतिनिधिसँगको छलफलमा उहाँले नेपालको विद्युत् खरिद गर्न बङ्गलादेश आतुर रहेको बताउनुभएको हो ।

ऊर्जाबाहेकका क्षेत्रमा लगानीका लागि नीतिगत सुधारको अपेक्षा गरेको पनि उहाँले जानकारी दिनुभयो । नेपालसँग लगानी सुरक्षण सम्बन्धी छुट्टै सम्झौता गर्न पहल गरे पनि परिणाम हासिल हुन नसकेको उहाँले बताउनुभयो ।

छलफलमा चेम्बरले ऊर्जा क्षेत्रमा सहकार्य गर्न बङ्गलादेशसँग प्रस्ताव गरेको थियो । चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले विद्युत् खरिदसँगै नेपालमा जलविद्युत्मा लगानी गर्न पनि राजदूत चौधरीसँग आग्रह गर्नुभएको थियो ।

IME Lifesidebar
kumari