citizens life insurance long ad
stcnepal long ad

एनसीसी बैंकको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल क्रेटिड एण्ड कमर्स (एनसीसी) बैंकको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले १ लाख कित्ता संस्थापक शेयर वैशाख २१ गतेदेखि लिलामीमा ल्याएको हो ।

इच्छुक आवेदकले बुधवार जेठ ४ गते बैंकिङ समयसम्म आवेदन दिन सक्नेछन् । शेयरको न्यूनतम मूल्य १३० तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ ।

 

शेयर खरिदका लागि आवेदन गर्दा न्युनतम १० हजार कित्ताको लागि आवेदन दिनु पर्नेछ भने सोभन्दा बढी अधिकतम सम्पूर्ण कित्ताको लागि आवेदन दिन पाउने कम्पनीले जनाएको छ ।

कम्पनीले सो अवधिमा प्राप्त भएका बोलपत्रहरु जेठ ५ गते बिहान ११ बजे मुक्तिनाथ क्यापिटलको कार्यालय हात्तिसारमार्ग, कमलादीमा खोलिने जनाएको छ । विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।

IME Life
kumari